काठमाडौं। श्रम शोषण भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् ।आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रीपरिषद्बाटै भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरुले आइतबार माइतिघरमा धर्नाका साथै विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।
नेपाल मेडिकल कलेजका आवासीय डाक्टर राजु चौधरीले सरकारबाट पास भइसकेका बिषयलाई ४८ हजार तलव दिनुपर्नेमा केवल १९ हजार ८ सय मात्रै ४८ हजार दिएकाले आफुहरुको श्रम शोषण भएको बताए ।
सरकारले पारित गरेको न्यूनतम तलब दिनुको साटो आफूहरूलाई कलेजले १९ हजार ५०० मात्र दिएर श्रम शोषण गरिरहेको उनीहरूको आरोप छ ।
उहाले सरकारको निर्णय लागू हुनुपर्ने र आफुहरुमाथिको श्रम शोषण अन्त्य हुनुपर्ने भन्दै प्रदर्शन गरिएको जानकारी दिनुभयो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया