काठमाडौं । बिहिबार तोलामा २० हजार ५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज त्यति नै घटेर अस्ति बुधवारको भाउमा कारोबार भइरहेको छ ।
हिजो तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको सुनको भाउ आज घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति बुधवार पनि सुनको भाउ तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ थियो ।
आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले घटेको हो । यस्तै चाँदीको भाउ पनि हिजोको तुलनामा घटेर तोलाको ७ हजार ६५ रुपैयाँमा कायम भएको छ । हिजो चाँदीको भाउ तोलाको सात हजार ५ सय ५ रुपैयाँ थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया