logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • ममता काफ्ले प्रकरण : नरेशले नै हत्या गरेको अमेरिकी प्रहरीको निष्कर्ष

    886Shares
    ममता काफ्ले प्रकरण : नरेशले नै हत्या गरेको अमेरिकी प्रहरीको निष्कर्ष

    काठमाडौं ।अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको हत्या श्रीमान नरेश भट्टले नै गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

    गत जुलाईदेखि बेपत्ता काफ्लेको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले नरेशविरुद्ध श्रीमतीको हत्या गरेर शव लुकाएको मुद्दा चलाइएको हो ।

    मानसास पार्कका प्रहरी प्रमुख मारियो लुगोले स्थानीय समयअनुसार सोमबार साँझ पत्रकार सम्मेलन गर्दै ममताको घरमा भेटिएको डीएनए रिपोर्ट सार्वजनिक गरेका छन् । उनका अनुसार भट्टको सुत्ने कोठामा भेटिएको रगत ममताको नै भएको र जुलाई २९ मा नै उनको हत्या भएको प्रमाण पाइएको खुलेको सीएनएनको समाचारमा उल्लेख छ ।

    ममताको हत्या भएको पुष्टि भए पनि उनको शव भने अहिलेसम्म भेटिएको छैन । शवको खोजी जारी रहेको तर नभेटिए पनि अनुसन्धानमा असर नपर्ने लुगोले बताएका छन् । नरेश हाल अनुसन्धानका लागि प्रहरी हिरासतमै छन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट