काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे सञ्चारकर्मीसँग पत्रकार सम्मेलनमार्फत अन्तक्रिया गर्ने भएका छन्।
अर्थ मन्त्रालयका अनुसार सिंहदरबारस्थित सुवर्ण हलमा आज दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ। अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले बजेटका विभिन्न पक्षबारे जानकारी दिन तथा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिन कार्यक्रम तय गरिएको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए। बजेटमा आर्थिक सुधार, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकता दिइएको सरकारको भनाइ छ।
आजको अन्तक्रियामा बजेटका प्रमुख कार्यक्रम, कार्यान्वयनका योजना तथा विभिन्न क्षेत्रबाट उठेका चासोबारे अर्थमन्त्रीले धारणा राख्ने अपेक्षा गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया