logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • सुभद्रा- विश्वराज स्रष्टा सम्मान -२०८१ घोषणा

    1KShares
    सुभद्रा- विश्वराज स्रष्टा सम्मान -२०८१ घोषणा

    काठमाडौं । नेपाल स्रष्टा समाजले सुभद्रा – विश्वराज स्रष्टा सम्मान- २०८१ वरिष्ठ संस्कृतिविद तथा साहित्यकार आर.डी. प्रभास चटौतलाई प्रदान गर्ने निर्णय गरेको छ ।
    नेपाली संस्कृति र साहित्यको क्षेत्रमा योगदान गरेवापत चटौतलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
    नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षता बसेको समाजको बैठकले उक्त निर्णय गरेको बताइएको छ।

    नगद राशी २१ हजार एक सय एघार सहितको उक्त सम्मान नेपाल स्रष्टा समाजको १८ औं स्थापना दिवसको दिन पुष १६ गते काठमाडौंमा विशेष कार्यक्रम गरी चटौतलाई अर्पण गरिने समाजका अध्यक्ष रोदनले इ खबर नेटलाई जानकारी दिए ।

    कवि विधान आचार्य संस्थापक रहेको सुभद्रा -विश्वराज स्रष्टा सम्मान नेपाली साहित्यको पारम्परिक तथा शास्त्रीय क्षेत्रमा योगदान गर्ने स्रष्टालाई अर्पण गरिंदै आइएको छ । वि.सं.२०७४ सालमा स्थापित यो सम्मानबाट हालसम्म रमेशचन्द्र देवकोटा, नारायणदत्त शास्त्री, प्रा.घनश्याम कँडेल, रमेश खकुरेल, भुवनहरि सिग्देल, श्रीहरि फुँयाल, गोविन्दराज विनोदी सम्मानित भैसकेका छन् ।

     

     



    फास्ट न्युज    
  • २०८१ मंसिर १४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट