logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • संसदीय छानबिन समितिदे आज रास्वपा सभापति लामिछानेसँग बयान लिने

    712Shares
    संसदीय छानबिन समितिदे आज रास्वपा सभापति लामिछानेसँग बयान लिने

    काठमाडौं । सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज बोलाएको छ । लामिछानेलाई दिउँसो २ बजे सोधपुछका लागि सिंहदरबारस्थित संसद सचिवालयमा राखिएको समिति बैठकमा डाकिएको छ ।

    गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका सभापति लामिछानेलाई समितिले दिउँसो २ बजे बयानका लागि बोलाएका संसदीय छानबिन समितिका सभापति सूर्य थापाले बताए

    लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले बताए ।

    लामिछानेसँगै सञ्चालक छविलाल बन्जाडे जोशीलाई पनि आज नै सोधपुछका लागि बोलाइएको छ । उनलाई बिहान ११ बजे बोलाइएको समितिले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ७, शुक्रबार ०५:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार