काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले बयानका लागि बोलाएको बताएका छन् ।
बुधबार भएको पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति लामिछानेले समितिले आफुलाई भदौ ७ गते आफूलाई बयानको लागि बोलाएको जानकारी गराएका हुन् ।
समितिका सभापति थापाले भने रवि लामिछाने गृहमन्त्रीको जिम्मेवारीमा रहेकै बेलामा बयान लिन खोजेका थिए । तर, बीचमा सरकार परिवर्तन भयो । लामिछानेले पनि गृह मन्त्रालयको नेतृत्बाट विदा लिनुपर्यो । थापाले लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारीमा रहकै बखत बयान लिने कुरा आफूनिकट नेताहरुसँग भन्ने गरेको चर्चा अहिलेपनि छ ।
हिले कांग्रेसबाट रमेश लेखक गृहमन्त्री छन् । लामिछानेले आफूले सहकारी ठगी गरेको प्रमाण दिए राजनीतिबाट नै सन्यास लिने भनेर कांग्रेस महामन्त्री गगन थापालाई खुला चूनौति दिएका छन् ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd