logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • सहकारी प्रकरणमा भदौ ७ गते समितिमा बयानको लागि बोलाईएको रविको खुलासा

    844Shares
    सहकारी प्रकरणमा भदौ ७ गते समितिमा बयानको लागि बोलाईएको रविको खुलासा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले बयानका लागि बोलाएको बताएका छन् ।

    बुधबार भएको पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति लामिछानेले समितिले आफुलाई भदौ ७ गते आफूलाई बयानको लागि बोलाएको जानकारी गराएका हुन् ।

    समितिका सभापति थापाले भने रवि लामिछाने गृहमन्त्रीको जिम्मेवारीमा रहेकै बेलामा बयान लिन खोजेका थिए । तर, बीचमा सरकार परिवर्तन भयो । लामिछानेले पनि गृह मन्त्रालयको नेतृत्बाट विदा लिनुपर्यो । थापाले लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारीमा रहकै बखत बयान लिने कुरा आफूनिकट नेताहरुसँग भन्ने गरेको चर्चा अहिलेपनि छ ।

    हिले कांग्रेसबाट रमेश लेखक गृहमन्त्री छन् । लामिछानेले आफूले सहकारी ठगी गरेको प्रमाण दिए राजनीतिबाट नै सन्यास लिने भनेर कांग्रेस महामन्त्री गगन थापालाई खुला चूनौति दिएका छन् ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट