logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • बंगलादेशमा राष्ट्रपति द्वारा संसद विघटन

    847Shares
    बंगलादेशमा राष्ट्रपति द्वारा संसद विघटन

                  काठमाडौं । बंगलादेशका राष्ट्रपति महोमम्द शाहबुद्दिनले संसद् विघटन गरेका छन् ।
    गत जनवरी ७ मा निर्वाचनबाट बनेको संसद् विघटन गर्दै राष्ट्रपति शाहबुद्दिनले भनेका छन्, ‘बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२ औं संसद् विघटन गरिएको छ ।’

    राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको पनि उल्लेख गरिएको छ ।
    सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा जुलाई पहिलो सातादेखि विद्यार्थी आन्दोलन सुरु भएको थियो । आन्दोलनकै बीच अदालतको आरक्षणको कोटा भारी कटौती गरेको छ ।
    आन्दोलनकै कारण सोमबार प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेको थियो । उनले सोमबार नै बंगलादेश छोडेकी छिन् ।



    फास्ट न्युज    
  • २०८१ श्रावण २२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट