काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजेर १५ मिनेटदेखि सुरु हुनेछ । बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि — कर प्रस्ताव बाहेक — छलफल गर्ने कार्यसूची तय गरिएको छ ।
त्यस्तै, छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट तयारी अघि नीति तथा प्राथमिकतामाथि संसदमा छलफल अघि बढाएको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया