काठमाडौं। धरानका मेयर हर्क सामपाङको राजनीतिक दलले निर्वाचन आयोगबाट आवश्यक प्रकृया पुरा गरि मान्यता पाएको छ।सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् ।
साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । श्रम संस्कृति पार्टीमा पाँच पदाधिकारीसहित २८ केन्द्रीय सदस्य रहेका छन् । पार्टीको उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् भने प्रवक्तामा अरुण गुरुङ रहेका छन् । साम्पाङले गत असोज १२ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया