logo

२०८३ असार ५ शुक्रबार

logo
  • २०८३ असार ५ शुक्रबार
  • रवि लामिछानेको मुद्दामा सुनुवाइ स्थगित

    1.1KShares
    रवि लामिछानेको मुद्दामा सुनुवाइ स्थगित

    काठमाडौं।रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ।

    बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आजका लागि पेसी तोकिएको थियो।

    अदालतको ३ नम्बर इजलासमा पेसी तोकिएर न्यायाधीशद्वय मिलन कुमार राई र सानु मैया डंगोलले सुनुवाइ गर्ने तयारी गरिरहेको बेला लामिछानेका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित गरिएको हो।

    रविका कानुन व्यवसायीका तर्फबाट बुटवल इजलासको सुनुवाइ स्थगित गरिदिन निवेदन परेपछि स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।



    फास्ट न्युज    
  • २०८२ मंसिर ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट