logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • आज पत्रकार महासंघको निर्वाचन हुँदै

    865Shares
    आज पत्रकार महासंघको निर्वाचन हुँदै

    काठमाडौं ।नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुने भएको छ ।

    शुक्रबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

    केन्द्रीय अध्यक्षका लागि निर्मला शर्मा, देवीप्रसाद सापकोटा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन्।

    यसैगरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।

    आज केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ।

     



    फास्ट न्युज    
  • २०८१ मंसिर २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट