logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • सांसद थापाले संसदभित्रै च्याते बजेट पुस्तिका

    1.1KShares
    सांसद थापाले संसदभित्रै च्याते बजेट पुस्तिका

    काठमाडौँ ।नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक बर्षको बजेट किताब प्रतिनिधिसभा बैठकमा च्यातेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा सरकार उल्टो बाटोमा हिँडेको र जुम्ला जानका लागि दैलेखबाट ७९ किलोमिटर बाटो छोटो छ भन्दा भन्दै बजेट नहालिएको भन्दै उनले बजेट पुस्तिका च्यातेका हुन्।उनले भने, ‘भौतिक मन्त्रालयको बजेटले धेरै जिल्ला सम्बोधन गर्न सकेन । अहिलेको बजेट नेतामुखि भएको हुनाले बजेटको किताब हेरेँ, जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायित्व लिएको छैन । एकाधिकार कायम गरेकाले अनुमति लिएर सदनभित्र यो किताब च्यातेको छु ।’

    भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखलाई सम्बोधन गर्न नसकेको उनको गुनासो छ ।



    फास्ट न्युज    
  • २०८२ असार ५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट