काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय राजावादीहरूले गरिरहेका क्रियापकल संविधान विपरित भएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्र सरकारमा जान लागेको भनेर बाहिर हल्ला चलाइएको जस्तो कुनै नीति नभएको बताएका हुन्।
उनले भने,‘आज भोलि चर्चा आइरहेको छ । कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भएरे भनेर चर्चा सामाजिक सञ्जालमा भइरहेको छ । हामी अहिले सरकारमा जाने कुनै नीति लिएको छैनौं, लिँदैनौं पनि । देशमा संकट आयो विचार गर्छौं । तर यही सरकारमा गएर सामेल हुने कुनै नीति छैन् । त्यस्तो औपचारिक रुपमा कुरा पनि कसैसँग भएको छैन् । भ्रष्टाचारलाई जोगाउने सरकार र हामीबीच सुरुमा नै ठूलो बिमती भएको छ । भ्रष्टाचार नियन्त्रण गर्ने कि बचाउने हामी रोक्नपर्छ भन्ने पक्षपातीमा भयौं । अहिलेको सरकार बचाउने पक्षमा भएकाले मिलन विन्दु हामीले देखेका छैनौ ।’
उनले यो सरकारप्रति सुरूदेखि नै आफ्नो बिमति रहेको बताए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया