logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • एआईजी रविन्द्र केसीलाई राजनीतिक थिचोमिचोको आधारमा राजीनामा गराइयो : सुमना श्रेष्ठ

    973Shares
    एआईजी रविन्द्र केसीलाई राजनीतिक थिचोमिचोको आधारमा राजीनामा गराइयो : सुमना श्रेष्ठ

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रहरीभित्र राजनीतिक हस्तक्षेप गरिरहेको आरोप लगाएकी छन्। सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले आइतबारमात्रै राजनीतिक थिचोमिचो गर्दै नेपाल प्रहरीका एआईजी रविन्द्र केसीलाई राजीनामा दिन बाध्य पारिएको भन्दै सरकारको नियतमा प्रश्न उठाइन्।प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मीक समयमा श्रेष्ठले प्रहरी निकायमा राजनीतिक हस्तक्षेप भएको र राजनीतिक थिचोमिचोका आधारमा आइतबार राती एकजना एआईजीलाई राजीनामा गर्न लगाइएको आरोप लगाएका छन् ।

    हिजो प्रहरी विधेयकमाथि छलफल गर्दै गर्दा राजनीतिक नियतमा शंका नगर्नुस्, दृष्टिमा शंका नगर्नुस् भनेर यस्तो मृदुभाषी भएर बोलियो,’ उनले भनिन्, ‘तर त्यही राति एकजना एआईजीलाई राजीनामा गर्न लगाइयो, राजनीतिक थिचोमिचोका आधारमा।’ सरकारले बोल्ने एउटा र गर्ने अर्कै भइरहेको उनको भनाइ छ। ‘बोल्ने एउटा गर्ने अर्को किन? के ऐन पास भएपछि मात्र राम्रो नियत देखाउनु पर्ने हो?’ उनले भनिन्।

    त्यस्तै सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा १८ माघमा आगलागी भई २१ गते निभाएको सुनाउँदै हाइड्रोपावरका कारण आगलागी भएकाले कानुनी कारबाहीको माग गर्दै भनिन्  सांसद अब्दुल खानले माघ २६ गते कैलालीको बदैगोरिया गाउँपालिकामा एक किशोरीको बलात्कार भएको उल्लेख गर्दै दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन माग गरेकी छिन् ।



    फास्ट न्युज    
  • २०८१ माघ २८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट