logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडि झडप

    1.1KShares
    पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडि झडप

    पोखरा । पोखरा आएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भेट नदिएको भन्दै सहकारी बचतकर्ताले विरोध जनाएका छन् । उनीहरूले पार्टी कार्यालय अगाडि प्रदर्शनसमेत गरे ।

    नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज(आइतबार)दिनभर राजनीतिक भेटघाट गर्नमा ब्यस्त रहेका महामन्त्री थापाले सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवम हालका सूर्यदर्शन सहकारी संचालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतका सहकारी पीडितलाई भेट्न इन्कार गरेका हुन् ।

    महामन्त्री थापाले भेट्न इन्कार गरेपछि सूर्यदर्शन सहकारी संचालक समितिका अध्यक्ष किरण श्रेष्ठ थापालाई नभेटी फकिएका हुन् ।यता, रवि लामिछानेविरुद्ध यथेष्ट प्रमाण छ भनेर संसदमा बोलेका महामन्त्री थापासँग प्रमाण खोज्न रास्वपा समर्थक पनि पुगेका थिए । पार्टी कार्यालय अगाडि सहकारी बचतकर्तासँग हात हालाहाल पनि भयो ।



    फास्ट न्युज    
  • २०८१ पुष २१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट