logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • पार्टी एकतावद्ध भएर जानुको विकल्प छैन: सिटाैला

    892Shares
    पार्टी एकतावद्ध भएर जानुको विकल्प छैन: सिटाैला

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी एकतावद्ध भएर जानुको बिकल्प नरहेको बताएका छन् ।

    नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगर स्तरीय भेलालाई सम्बोधन गर्दै सिटौलाले देश र जनताको विकासका लागि पार्टीभित्रको मतभेद अन्त्य गर्दै एकतावद्ध भएर जानुको विकल्प नरहेको बताएका हुन् ।

    गएको निर्वाचनमा अन्य दलहरुसंग गठबन्धन गरेपनि आगामी निर्वाचनमा पार्टी एक्लै चूनाव लड्ने भएकाले अहिलेदेखि नै त्यसको तयारी गर्नुपर्ने उहाले जोड दिएका छन् ।

    उहाले निर्वाचनमा उम्मेदवार चयनका लागि तल्लो तहबाटै सिफरिस गर्ने कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदानका बारेमा जनतालाई बुझाउन सक्नुपर्ने उहाको भनाइ रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट