logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

    886Shares
    त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

    राजविराज, कात्तिक १९ गते। जिल्लाको कञ्चनरुप नगरपालिका-४ स्थित त्रियुगा नदीमा डुबेर सोमबार दुई बालिकाको मृत्यु भएको छ। एकजना बेपत्ता भएका छन्।

    स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार रायले बताउनुभयो।

    उहाँका अनुसार कञ्चनरुप नगरपालिका-४ जगतपुरस्थित धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेकामा दुई जनाको मृत्यु भएको र स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता छन्। बेपत्ता भएका बालिकाको खोजीकार्य जारी छ। रासस



    फास्ट न्युज    
  • २०८१ कार्तिक १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट