logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • विदेशी पर्यटकहरूको फेक रेस्क्यू गरी बीमा रकम ठगी गर्ने पक्राउ

    880Shares
    विदेशी पर्यटकहरूको फेक रेस्क्यू गरी बीमा रकम ठगी गर्ने पक्राउ

    काठमाडौँ । नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा रहेका विदेशी पर्यटकहरूको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बीमा रकम ठगी गर्ने कार्यमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा हुने यस्ता गैरकानूनी क्रियाकलापमा संलग्न ट्रेकिङ कम्पनी तथा उड्डयन क्षेत्रका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

    हिमाली क्षेत्रमा पर्यटकलाई स्वास्थ्य समस्या वा प्राकृतिक विपद् पर्दा गरिने उद्धारको बाध्यात्मक स्थितिको फाइदा उठाउँदै माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिसलगायतका कम्पनीले किर्ते कागजात तयार गर्ने गरेको प्रहरीको दाबी छ ।

    यी कम्पनीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको अभिलेखमा रहेको ‘प्यासेन्जर एण्ड कार्गो म्यानिफेस्ट’ को विवरण थपघट गरी नक्कली बिल ९इन्भ्वाइस० बनाउने गरेका छन् ।

    त्यस्तै, उद्धार गरिएका पर्यटकहरूलाई काठमाडौँका विभिन्न अस्पतालमा भर्ना गरेको देखाई नक्कली मेडिकल रिपोर्ट र भर्ना तथा डिस्चार्ज रिपोर्ट तयार गरी बीमा रकम दाबी गर्ने गरिएको पाइएको छ । यस्ता क्रियाकलापले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपालको छवि बिग्रिएको र राष्ट्रिय स्वाभिमानमा आँच पुगेको सीआईबीको ठहर छ ।

    पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका(२ घर भई ठमेलस्थित रोयल होलिडेज एडभेन्चर एण्ड ट्राभल कम्पनीमा कार्यरत २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घ नेपाल ९एओएएन० का पूर्व उपाध्यक्ष ५६ वर्षीय राजेन्द्र बहादुर सिंह रहेका छन् । सिंहलाई फागुन १३ गते र तिवारीलाई फागुन १२ गते पक्राउ गरिएको हो ।

    मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ अनुसार राष्ट्रहित प्रतिकूल काम गरेको र सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ । यस प्रकरणमा हालसम्म ट्रेकिङ कम्पनी, अस्पताल, बीमा एजेन्ट र हेलिकप्टर कम्पनीका सञ्चालक गरी जम्मा ९ जना पक्राउ परिसकेका छन् ।

    काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई उनीहरूमाथि थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन १३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट