logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • डब्लुएचओद्वारा लेबनानमा स्वास्थ्य सेवामा बढ्दै गएको आक्रमणबारे गहिरो चिन्ता व्यक्त

    892Shares
    डब्लुएचओद्वारा लेबनानमा स्वास्थ्य सेवामा बढ्दै गएको आक्रमणबारे गहिरो चिन्ता व्यक्त

    जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार हिजुबल्लाहविरुद्धको युद्धमा इजरायली आक्रमणले लेबनानका स्वास्थ्यकर्मी र सुविधाहरूमा पारेको प्रभावबारे गहिरो चिन्ता व्यक्त गरेको छ । “हामी लेबनानमा स्वास्थ्यकर्मी र सुविधाहरूमाथि बढ्दै गएको आक्रमणबारे गहिरो चिन्तित छौँ, तथ्याङ्कहरू वास्तवमै अचम्मित पार्ने खालका छन् । यस्ता आक्रमणहरूमा एक सय दुई जनाको मृत्यु भएको छ, ८३ जना घाइते भएका छन्”, डब्लुएचओकी प्रवक्ता मार्गरेट ह्यारिसले जेनेभामा एक पत्रकार सम्मेलन भन्नुभयो । डब्लुएचओले स्वास्थ्य सेवामाथिको आक्रमणको अभिलेख राख्छ तर दोष कसैलाई लगाउँदैन ।

    “समग्रमा हामीले ५५ वटा आक्रमणको पुष्टि गरेका छौँ तर धेरै कर्मचारी ड्युटी बाहिर हुँदा पनि मारिएका र घाइते भएकाले स्वास्थ्य मन्त्रालयले यो सङ्ख्या धेरै बढी रहेको जनाएको छ, स्वास्थ्य प्रणालीहरू पहिले नै धेरै तनावमा भएकाले यो महत्त्वपूर्ण छ”, ह्यारिसले भन्नुभयो, “स्वास्थ्यकर्मीहरू पहिले नै अत्यधिक काम गर्न बाध्य छन् र विस्थापित छन् । त्यसैले हामी स्वास्थ्यकर्मीहरूलाई त्यस्तो समयमा गुमाइरहेका छौँ जतिबेला उनीहरूको सबैभन्दा बढी आवश्यकता छ ।”

    “हामी फेरि, फेरि र फेरि जोड दिइरहेका छौँ कि स्वास्थ्य सेवा लक्ष्य होइन; स्वास्थ्यकर्मीहरू लक्ष्य होइनन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य प्रणालीमाथि निरन्तर आक्रमणका कारण सबैजना आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सङ्घर्षरत छन् र स्वास्थ्य प्रणाली पहिले नै ठूलो दबाबमा थियो ।”ह्यारिसले यो देशको आर्थिक अवस्था र अस्पतालका जेनेरेटर चलाउन इन्धन प्राप्त गर्ने चुनौतीका कारण भएको बताउनुभयो । “लेबनानमा सबैका लागि स्वास्थ्य सेवामा पहुँच एउटा वास्तविक सङ्घर्ष हो तर निश्चय नै जहाँ अस्पतालहरूमा आक्रमण भएका छन्, त्यस्ता क्षेत्रहरूमा यो अझ ठूलो सङ्घर्ष हो”, उहाँले भन्नुभयो, “अस्पतालहरू घाइतेहरूले भरिएका छन् र प्रणालीले विशाल बोझ बोकिरहेको छ ।”

    हमासको समर्थनमा हिजबुल्लाहले गरेको भनिएको करिब एक वर्षको आक्रमण–प्रत्याक्रमणपछि सेप्टेम्बर २३ देखि लेबनानमा लडाइँ बढेपछि एएफपीले स्वास्थ्य मन्त्रालयको तथ्याङ्कका आधारमा गरेको गणनाअनुसार लेबनानमा कम्तीमा एक हजार आठ सय २९ जनाको मृत्यु भएको छ ।बिहीबार लेबनानबाट भएको सीमापार गोलीबारीमा चार थाई नागरिकसहित इजरायलमा सात जनाको मृत्यु भएको थियो । इजरायली सेनाले सेप्टेम्बर ३० मा स्थल कारबाही सुरु भएयता लेबनानमा ३७ सैनिकको मृत्यु भएको जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट