logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • कांग्रेसमा उपनिर्वाचनको संयोजन गर्ने जिम्मा विश्वप्रकाशलाई

    916Shares
    कांग्रेसमा उपनिर्वाचनको संयोजन गर्ने जिम्मा विश्वप्रकाशलाई

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन गरेका छन् । महामन्त्री विश्वप्रकाश शर्मा संयोजक रहने गरी समिति गठन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उपसमितिमा ९ जना सदस्य रहेका छन् ।

    सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार सदस्य छन् । त्यस्तै, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य सदस्य रहेका छन् । प्रकाश शर्मालाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ ।आउँदो मंसिर १६ गते स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदै छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट