काठमाडौं । अविरल वर्षा र बाढीपहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा आज साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने भएको छ । नयाँ ट्र्याक खुलाएर आज साँझदेखि साना गाडी चलाउन लागिएको सडक डिभिजन भक्तपुरले जनाएको छ।
चौकीडाँडा र माम्ती खोलाको नजिकको डाईभर्सन सुधार गरेर साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने सडक डिभिजन भक्तपुरले जनाएको छ ।
सडक खुला भए पनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुख्खा पहिरो झर्ने सम्भावना कायमै रहेको भन्दै डिभिजनले रातिको समयमा भने यो क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ ।
असोज ११ र १२ गतेको वर्षाले राजमार्ग अवरुद्ध थियो । राजमार्गअन्तर्गत काभ्रेको भकुण्डेबेसीदेखि वर्षेखोला खण्डको ८ किलोमिटर पूर्ण रूपमा बगाएको कार्यालयले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया