logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • कार्यवाहक प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान, विपद्का सम्बन्धमा छलफल गरिने

    910Shares
    कार्यवाहक प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान, विपद्का सम्बन्धमा छलफल गरिने

    काठमाण्डौ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आज दिउँसो एक बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ ।

    अविरल वर्षापछिको बाढीपहिरो एवम् विपद्, उद्धार, जनधनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ ।

    केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास निरन्तर भइहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट