काठमाडौँ, ४ असोज । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ ।
बिहीबार प्रतितोला एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५७ हजार एक सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य आज तोलामा ३५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय १५ निर्धारण भएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया