logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • वसन्तपुरमा ‘जीवित देवी’ कुमारीको सामूहिक पूजा

    982Shares
    वसन्तपुरमा ‘जीवित देवी’ कुमारीको सामूहिक पूजा

    काठमाडौं । जीवित देवीका रुपमा परिचित कुमारीको सोमबार काठमाडौं वसन्तपुरमा सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ ।

    वसन्तपुरको तलेजु भवानी मन्दिरमा कुमारी देवीको पूजा गरिएको हो । सामूहिक पूजामा सहभागी हुन कुमारीहरु परम्परागत पोशाकमा सजिएर आएका थिए ।

    साना कुमारी देवीहरुलाई उनीहरुका अभिभावकले वसन्तपुरमा लिएर आएका थिए । नेवार समुदायमा प्रचलित बेल विवाह नभइसकेका बालिकालाई कुमारी देवीका रुपमा पुज्ने गरिन्छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ३१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट