काठमाडौं । जीवित देवीका रुपमा परिचित कुमारीको सोमबार काठमाडौं वसन्तपुरमा सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ ।
वसन्तपुरको तलेजु भवानी मन्दिरमा कुमारी देवीको पूजा गरिएको हो । सामूहिक पूजामा सहभागी हुन कुमारीहरु परम्परागत पोशाकमा सजिएर आएका थिए ।
साना कुमारी देवीहरुलाई उनीहरुका अभिभावकले वसन्तपुरमा लिएर आएका थिए । नेवार समुदायमा प्रचलित बेल विवाह नभइसकेका बालिकालाई कुमारी देवीका रुपमा पुज्ने गरिन्छ ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd