logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • माओवादीले संसदको अवरोध कायमै राख्ने

    835Shares
    माओवादीले संसदको अवरोध कायमै राख्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । एमाले सचिव योगेश भट्टराईको अभिव्यक्तिले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको माओवादीको निष्कर्ष छ ।

    भट्टराईले बोलेकै दिन माओवादीले नियमापत्ति गरेको थियो । सभामुखले छानबिन गर्न निर्देशन दिएपछि माओवादीको विरोध रोकियो । तर बुधबार सभामुखले हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएपछि माओवादीले संसद अवरुद्ध गर्‍यो ।

    संसदीय दलको शुक्रबार बसेको बैठकले संसद अवरुद्ध गर्नु सही भएको निष्कर्ष निकालेको छ । ‘जनयुद्धलाई जसरी हिंसामा लगेर अपमानित गरिएको छ, माननीयजीहरुले जसरी राख्नुभयो, ठीकै छ,’ बैठकमा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भने, ‘अझ सशक्त ढंगले प्रस्तुत हुनुपर्छ ।’

    प्रतिनिधिसभाको अगामी बैठक समेत चल्न नदिने माओवादी संसदीय दलको निर्णय छ । प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘जनयुद्धलाइ अपमानित गरिएको छ, यसमा (संशोधन) नआउँदासम्म अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छौं ।’



    फास्ट न्युज    
  • २०८१ भाद्र २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट