काठमाडौं । नवराज सुबेदीको नेतृत्वको संयुक्त जनआन्दोलन समितिले भोलि नयाँ चरणको आन्दोलन घोषणा गर्ने भएको छ । दसमितिको आयोजनामा सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको हो ।
घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्ट पनि उपस्थित हुने जनाइएको छ । यस्तै नेपाली काङ्ग्रेस ९बीपी०का सुशीलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजावादी हिन्दूवादी संघ, संस्था र अभियानको सहभागिता रहने बुझिएको छ ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले नवराज सुबेदीको नेतृत्वमा रहेको जनआन्दोलन समितिले भोलि आन्दोलनको घोषणा गर्ने र सो कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति हुने पुष्टि गरे ।
उनले भने ‘कार्यक्रममा पार्टी अध्यक्ष थापा सहभागी हुनुहुन्छ, भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य छ, आन्दोलन शान्तिपूर्ण हुनेछ ।’ भोलि हुने कार्यक्रममा विभिन्न ५० भन्दा बढी संघ संस्थाहरूले अब हुने आन्दोलनमा समर्थन जनाउँदै प्रतिबद्धता व्यक्त गर्ने तयारी रहेको स्रोतको दाबी छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया