logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त

    बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त

    416
    SHARES
    बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त

    मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभएको छ ।आइतबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले काफ्लेलाई बामगती प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो ।



    नेपालको संविधानको धारा १६० उपधारा (२०) बमोजिम प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाका सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले बताए ।

    २५ वर्षदेखी निरन्तर कानून व्यवसायीको रुपमा कार्य गर्दै आउनुभएका काफ्लेले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार भएर समेत काम गरिसकेका छन् ।

    नेपाल बार एसोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरिसकेका छन् ।


    फास्ट न्युज
  • आइतबार, २ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट