logo

२०८३ असार ३ बुधबार

logo
  • २०८३ असार ३ बुधबार
  • अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित

    742Shares
    अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित

    काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो जादुयी खेल शैलीले फ्यानहरूलाई रोमाञ्चित बनाएको छ । अर्जेन्टिनाले मेसीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ।अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमा ह्याट्रिक पूरा गरेका छन् ।

    अमेरिकाको कान्सास सिटी रंगशालामा भएको खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गरे । छैटौ‌ँ पटक विश्वकप खेलेका मेस्सीले पहिलोपटक ह्याट्रिक पूरा गरेका हुन् । यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् । विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमानी बराबरी गरेका हुन् ।

    सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले अल्जेरिया विरुद्ध खेलेपछि छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । उनले सन् २०१० को विश्वकप बाहेक पाँच विश्वकपमा गोल गरेका छन् ।चार वर्षअघि कतारमा मेसीले आप्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका थिए । यस्तै विश्वकपमा मेसीले कीर्तिमानी २७औं खेल खेलेका छन् ।



    फास्ट न्युज    
  • २०८३ असार ३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट