logo

२०८३ असार ३ बुधबार

logo
  • २०८३ असार ३ बुधबार
  • एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज

    724Shares
    एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज

    काठमाण्डौ – औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका ५ हजार ३०२ फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वतः रद्द हुने प्रावधानअनुसार यो निर्णय कार्यान्वयन गरिएको हो ।

    यससँगै अब ती औषधि पसलहरू कानुनी रूपमा औषधि बिक्री–वितरण गर्न अयोग्य भएका छन् । देशभर २६ हजार ३०० फार्मेसी छन् । दर्ता खारेजपछि यो संख्या २० हजार ९९८ मा झरेको छ ।

    विभागले सूचनामा सम्बन्धित सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानुनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ । जेठ २८ जेठ सम्म नवीकरण म्याद समाप्त भई स्वतः रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ ।



    फास्ट न्युज    
  • २०८३ असार ३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट