logo

२०८३ श्रावण २६ मंगलवार

logo
  • २०८३ श्रावण २६ मंगलवार
  • गिटी–बालुवा उत्खननसम्बन्धी कानुन समयअनुकूल संशोधन गर्न सांसद तामाङको माग

    781Shares
    गिटी–बालुवा उत्खननसम्बन्धी कानुन समयअनुकूल संशोधन गर्न सांसद तामाङको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नदीजन्य पदार्थ गिटी, बालुवा र ढुंगा उत्खनन तथा क्रसर उद्योग सञ्चालनसम्बन्धी कानुन समयअनुकूल संशोधन गर्न सरकारसँग माग गरेकी छन् ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले बर्खायाममा कानुनअनुसार नदी तथा खोलाबाट गिटी, बालुवा र ढुंगा उत्खननमा रोक लगाइए पनि अवैध उत्खनन तथा तस्करी नरोकिएको बताइन् ।

    उनका अनुसार तस्करहरूले रातारात ठूलो परिमाणमा नदीजन्य पदार्थ अवैध रूपमा निकालेर राज्यलाई करसमेत नतिरी कारोबार गरिरहेका छन् । यस्तो समस्या आफ्नो जिल्ला धादिङसहित देशका अधिकांश नदी क्षेत्रमा जटिल बन्दै गएको उनले बताइन् ।

    सांसद तामाङले समस्या उत्खननमा मात्र सीमित नभई नदीजन्य पदार्थ व्यवस्थापनसम्बन्धी कानुनी प्रक्रिया पनि जटिल रहेको बताइन् । ढुंगा, गिटी र बालुवा उत्खनन पूर्ण रूपमा रोक्ने पक्षमा आफू नरहेको स्पष्ट पार्दै उनले यसको व्यवस्थित र कानुनसम्मत उपयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।

    उनले भनिन्, “ढुंगा, गिटी र बालुवा निकाल्न पाउनु हुँदैन भन्ने मेरो मनसाय होइन । तर यसको सही व्यवस्थापनमा कानुन बाधक बन्नु हुँदैन ।”

    वातावरण संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम हुने गरी विद्यमान कानुनी व्यवस्था संशोधन गर्नुपर्ने उनको भनाइ छ ।



    फास्ट न्युज    
  • २०८३ श्रावण २५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट