काठमाडौं । यस वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ ५४.५२ प्रतिशत मात्रै सम्पन्न भएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि विभागको पछिल्लो तथ्यांकअनुसार हालसम्म ७ लाख ४६ हजार ९ सय ६० दशमलव ६३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो।
देशभर कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ। सोही आधारमा हेर्दा असार अन्तिम सातासम्म आधाभन्दा केही बढी क्षेत्रमा मात्र रोपाइँ सकिएको विभागले जनाएको छ।
गत वर्ष यही अवधिसम्म देशभर ५९.२८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। यस वर्षको तथ्यांकसँग तुलना गर्दा रोपाइँको गति केही सुस्त देखिएको छ। प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ भने सबैभन्दा कम मधेश प्रदेशमा भएको विभागको तथ्यांकले देखाएको छ।
कृषि विज्ञहरूका अनुसार मनसुनको अवस्था, पर्याप्त वर्षाको उपलब्धता तथा खेतीपातीका लागि आवश्यक स्रोत–साधनको पहुँचले धान रोपाइँको गतिमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया