logo

२०८३ श्रावण ११ सोमबार

logo
  • २०८३ श्रावण ११ सोमबार
  • मन्त्रिपरिषद् बैठकले गर्यो ८ महत्वपूर्ण निर्णय, गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त

    844Shares
    मन्त्रिपरिषद् बैठकले गर्यो ८ महत्वपूर्ण निर्णय, गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त

    काठमाडौं । सरकारले नेपाल सरकारको मुख्य सचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

    त्यसैगरी, बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले यी दुई महत्वपूर्ण नियुक्तिसहित कुल आठवटा निर्णय गरेको हो।

    मन्त्रीपरिषद बैठकका आठ निर्णय:

    -काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्य, काठमाडौंलाई नियुक्त गर्ने ।

    -गेटा अस्पताल, कैलालीलाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने ।

    -विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने ।

    -शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने

    -कारागार नियमावली,२०८३ स्वीकृत गर्ने ।

    -मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/०८४–२०८७/८८) स्वीकृत गर्ने ।

    -भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२ । ८३–२०८७ । ८८) स्वीकृत गर्ने ।

    -प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने ।



    फास्ट न्युज    
  • २०८३ असार २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट