logo

२०८३ भाद्र ८ सोमबार

logo
  • २०८३ भाद्र ८ सोमबार
  • एउटै मञ्चमा देखिए चार पूर्वप्रधानमन्त्री

    874Shares
    एउटै मञ्चमा देखिए चार पूर्वप्रधानमन्त्री

    काठमाडौं। मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा चार जना पूर्वप्रधानमन्त्री एकै मञ्चमा उपस्थित भएका छन्।

    कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी भएका हुन्।

    जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा फाउण्डेसनले आइतबार राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक कार्यक्रम आयोजना गरेको हो। लामो समयपछि नेपालका प्रमुख कम्युनिस्ट नेताहरू तथा पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा देखिएका हुन्।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ‘श्वेतशार्दूल : मदन भण्डारीको जीवन’ पुस्तकका लेखक रमेश रुछेन राईलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ।



    फास्ट न्युज    
  • २०८३ असार १४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट