वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा गरेको छ ।
महानगरपालिकाले बुधबार सूचना जारी गर्दै बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै असार ११ गतेदेखि लागू हुने गरी बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने जनाएको हो ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाद्वारा जारी सूचनाअनुसार उक्त बिदा वर्षे बिदाबाट कट्टा हुने गरी लागू गरिएको छ ।
बढ्दो गर्मी तथा ‘लु’ का कारण विद्यार्थीहरूको स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया