logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • सुशासन स्थापना गर्न सरकारले गर्ने कानुनसम्मत प्रयासमा साथ दिनेछौं: गगन थापा

    769Shares
    सुशासन स्थापना गर्न सरकारले गर्ने कानुनसम्मत प्रयासमा साथ दिनेछौं: गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा नेपाली कांग्रेसको पूर्ण सहयोग रहने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘ग्रीन टेबल’ कार्यक्रममा बोल्दै सभापति थापाले सुशासनको मागलाई लिएर युवाहरूले भदौ २३ र २४ गते आन्दोलनसमेत गरेको स्मरण गर्दै सुशासन स्थापनाका लागि सरकारले अघि बढाउने सबै वैधानिक कदममा कांग्रेसको शतप्रतिशत साथ रहने स्पष्ट पारे ।

    उनले वर्तमान सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको उल्लेख गर्दै आफू तथा नेपाली कांग्रेसका सबै सदस्यहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने जानकारी दिए । केही पूर्वन्यायाधीश तथा विभिन्न राजनीतिक दलका नेताहरूले विवरण नबुझाउने अभिव्यक्ति दिएको प्रसंगमा भने कांग्रेसको कुनै टिप्पणी नरहेको उनको भनाइ थियो ।

    सभापति थापाले आयोगले सम्पत्ति छानबिनको प्रक्रिया निरन्तर र निष्पक्ष ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिए । साथै, आयोगले गर्ने कामकारबाहीको स्वच्छता, पारदर्शिता र विश्वसनीयतामाथि कुनै प्रश्न उठ्न नहुने बताउँदै त्यसतर्फ विशेष ध्यान दिन सरकारलाई आग्रह गरे । उनले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा कांग्रेस सधैँ उभिने उल्लेख गर्दै कानुनी प्रक्रिया र संवैधानिक व्यवस्था अनुरूप अघि बढाइने सुधारका कार्यक्रमहरूलाई पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २१, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट