बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।
बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका थिए । वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया