logo

२०८३ जेष्ठ ११ सोमबार

logo
  • २०८३ जेष्ठ ११ सोमबार
  • सहकारी बेथिति जाँच आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

    826Shares
    सहकारी बेथिति जाँच आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएको बेथितिबारे अध्ययन गर्न गठन गरिएको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग–२०८२’ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेल ले जानकारी दिए ।

    प्रवक्ता पोखरेलका अनुसार बैठकले नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत् प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तर पत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

    त्यसैगरी, मन्त्रिपरिषद्ले मुकेश डंगोल लाई नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ११, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट