logo

२०८३ जेष्ठ ११ सोमबार

logo
  • २०८३ जेष्ठ ११ सोमबार
  • सदस्यता व्यवस्थापनलाई तीव्रता दिन कांग्रेसले ७ प्रदेशमा केन्द्रीय प्रतिनिधि खटायो

    730Shares
    सदस्यता व्यवस्थापनलाई तीव्रता दिन कांग्रेसले ७ प्रदेशमा केन्द्रीय प्रतिनिधि खटायो

    काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा नवीकरण प्रक्रियालाई सहज, छिटो र व्यवस्थित बनाउन ७ वटै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।

    पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकको अध्यक्षता समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलले गरेका थिए।
    बैठकले १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरण तथा विभिन्न कारणले नवीकरण हुन नसकेका सदस्यहरूको सदस्यता नवीकरण प्रक्रिया आगामी जेठ २१ गतेभित्र सम्पन्न गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने निर्णय गरेको जनाएको छ।
    सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेशगत जिम्मेवारीसमेत तोकिएको छ।

    कोशीमा डा. डिला संग्रौला, बागमतीमा बहादुर सिंह लामा, गण्डकीमा मुक्ताकुमारी यादव, लुम्बिनीमा अमरसिंह पुन, कर्णालीमा जानकी सिंह, सुदूरपश्चिममा उदय शमशेर राणा तथा मधेशमा देवराज चालिसेलाई जिम्मेवारी दिइएको छ।
    यसैगरी, विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा समायोजन भएका व्यक्तिहरूको सदस्यता सम्बन्धी समस्या समाधानका लागि सम्बन्धित जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाउने निर्णय पनि गरिएको छ।
    बैठकले विदेशस्थित जनसम्पर्क समितिहरूमा पनि क्रियाशील सदस्यता अद्यावधिक, नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रियालाई समयबद्ध रूपमा अघि बढाउने निर्णय गरेको छ। साथै, सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा केन्द्रीय कार्यालयका सह–सचिव प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णयसमेत गरिएको विज्ञप्तिमा उल्लेख छ।

     



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ११, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट