काठमाडौं ।शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन जारी राख्ने भएका छन्।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा विधेयक चाँडै पास गर्नेगरी संसदको अधिवेशन आह्वान गरिएकाले आन्दोलन रोकेर शिक्षकहरूलाई कार्यक्षेत्र फर्कन आह्वान गरेको थियो।
सरकारले वैशाख १२ गतेदेखि बस्नेगरी संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेसंगै शिक्षकहरुलाई आआफ्नो विद्यालय फर्कन आग्रह गरेको छ ।
तर आन्दोलनका कार्यक्रम जारी रहने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताएका छन्।
उनले आन्दोलन स्थगित नहुने बताएका छन्। बुधबार १२ बजे सबै शिक्षकहरूलाई माइतीघर मण्डलमा उपस्थित हुन आग्रह पनि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गरेका छन ।उनले देशभरका शिक्षकहरुलाई काठमाडौं आउन पनि आग्रह गरेका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया