logo

२०८३ बैशाख २७ आईतवार

logo
  • २०८३ बैशाख २७ आईतवार
  • युद्धको प्रभावले ऊर्जा बजारमा ठुलो उतारचढाव

    703Shares
    युद्धको प्रभावले ऊर्जा बजारमा ठुलो उतारचढाव

    पेरिस । मध्यपूर्वमा जारी युद्धका कारण तेल आपूर्तिमा अवरोध र मूल्यमा तीव्र वृद्धि भएपछि युरोपका ठुला तेल तथा ग्यास कम्पनीले पहिलो त्रैमासिकमा ठुलो नाफा कमाएका छन् । यससँगै लन्डनदेखि पेरिससम्म उनीहरूको ‘असामान्य नाफा’मा थप कर लगाउनुपर्ने माग पुनः उठ्न थालेको छ ।

    ‘शेल’ ले हालै आफ्नो नाफा सार्वजनिक गर्दै पहिलो त्रैमासिकमा करिब ५.७ अर्ब अमेरिकी डलर (झण्डै ४.८ अर्ब युरो) खुद नाफा कमाएको जनाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो । कम्पनीका अनुसार नाफा वृद्धि उच्च तेल मूल्य, सुधारिएको रिफाइनिङ मार्जिन र व्यापारिक गतिविधिबाट भएको हो ।

    यस्तै, बिपी’ले पनि नाफामा उल्लेखनीय वृद्धि देखाएको छ, जसको खुद नाफा ३.८४ अर्ब डलर पुगेको छ । टोटालइनर्जीको नाफा भने अझ बढी वृद्धि हुँदै ५१ प्रतिशतले बढेर ५.८ अर्ब डलर पुगेको रिपोर्ट गरिएको छ । यसको विपरीत, अमेरिकी ऊर्जा कम्पनी एक्सनमोबिल र चेभ्रोन को नाफा घटेको देखिएको छ । विशेषज्ञका अनुसार डेरिभेटिभ बजारमा समयान्तर प्रभावका कारण अमेरिकी कम्पनी प्रभावित भएका हुन् ।

    तेल मूल्य वृद्धि र होर्मुज सङ्कट

    मध्यपूर्व युद्धका कारण इरानले होर्मुज जलडमरूमध्यमा अवरोध सिर्जना गरेपछि विश्व बजारमा तेल आपूर्ति घटेको छ । यसले मूल्य तीव्ररूपमा बढाएको छ । मार्च महिनामा ब्रेन्ट क्रुड तेलको मूल्य औसत १०० डलर प्रति ब्यारेल पुगेको थियो भने कहिलेकाहीँ १२० डलरसम्म पुगेको उल्लेख छ । युद्धअघि यो मूल्य करिब ७० डलर थियो ।

    विश्लेषकका अनुसार युरोपेली कम्पनी विशेष गरी लाभान्वित भएका छन् किनभने उनीहरूको व्यापारिक गतिविधि बलियो छ, जसले बजारको उतारचढावबाट अतिरिक्त लाभ लिन सक्षम बनाएको छ । एक ऊर्जा विश्लेषकले बताए अनुसार, यी कम्पनी यस त्रैमासिकमा “परम्परागत तेल कम्पनीभन्दा बढी विश्व ऊर्जा बजारका जटिल ट्रेडर जस्तो” देखिएका छन् ।

    कर लगाउने दबाब बढ्दै

    उच्च नाफापछि बेलायत र फ्रान्समा तेल कम्पनीहरूको नाफामा थप कर लगाउने माग बढेको छ । यसअघि युक्रेन युद्धपछि पनि यस्तै ‘विन्डफल कर’ लागु गरिएको थियो । रासस/एएफपी



    फास्ट न्युज    
  • २०८३ बैशाख २७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट