काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको जनाएको छ ।
विभागका अनुसार अहिले बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थान र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ । कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थान तथा तराई क्षेत्रसहित अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया