काठमाडौँ । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ११ः५५ बजे दार्चुलाको तपोबन क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको जनाइएको छ ।
हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया