काठमाडाैं । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ ।
विहान १० बजेदेखि सुरू हुने चुनावी समीक्षा कार्यक्रममा सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत कांग्रेसका पदाधिकारीको सहभागिता रहने सहमहामन्त्री प्रकाश रसाईलीले बताए ।
दुई दिनसम्म चल्ने कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका सांसद, पराजित उम्मेद्वार, प्रदेश सभा सदस्य, स्थानीय जनप्रतिनिधको सहभागिता रहेने रसाईलीले बताए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया