काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको फेसबुक ६ दिनपछि पुनः सञ्चालनमा आएको छ।
‘हर्क साम्पाङ अ रिभोलुसन’ नामक फेसबुक आइडी गत वैशाख ३ गतेदेखि सर्च गर्दा नदेखिने गरी ‘सस्पेन्डेड’ भएको थियो । सुरुआतमा ह्याक भएको आशंका गरिए पनि पछि रिपोर्टका आधारमा फेसबुकले आइडी निलम्बन गरेको खुलेको थियो । ६ दिनपछि आइडी पुनः सक्रिय भएसँगै समर्थकहरूले राहत महसुस गरेका छन् । यद्यपि, कसले, किन र के उद्देश्यले रिपोर्ट गरेको भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया