logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • हाम्रो सम्पत्तिबारे भ्रामक र झूटा प्रचारबाजी भयो: पूर्वप्रधानमन्त्री एवम् कांग्रेस निवर्तमान सभापति देउवा

    790Shares
    हाम्रो सम्पत्तिबारे भ्रामक र झूटा प्रचारबाजी भयो: पूर्वप्रधानमन्त्री एवम् कांग्रेस निवर्तमान सभापति देउवा

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे भ्रामक र झूटा प्रचारबाजी भएको बताएका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको विषयमा बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले उक्त कुरा बताएका हुन्।

    ‘म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरू गरिएको भन्ने जानकारी सञ्चार माध्यमबाट थाहा पाएँ’, उनले फेसबुकमा लेखेका छन्, ‘भ्रामक र झूटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु।’

    अहिले आफूहरू स्वास्थ्य उपचार निम्ति विदेशमा रहेको उल्लेख गर्दै देउवाले उपचार जारी रहेको जानकारी दिएका छन्। ‘वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जना गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्छु’, उनले लेखेका छन्।

    गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको छ। गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको घरमा आगजनी भएको थियो। देउवा दम्पती घाइते भएका थिए। घरमा केही भाग जलेको अवस्थामा पैसा पनि भेटिएको भन्दै भिडिओहरू सार्वजनिक भएका थिए।

    देउवा दम्पती स्वास्थ्य उपचारको सिलसिलामा हङकङमा छन्। देउवाले नेपालको कानुन अनुसार आफू र आफ्नी पत्नीले सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको पनि उनले उल्लेख गरेका छन्।

     



    फास्ट न्युज    
  • २०८२ चैत्र २५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट