logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलायो

    814Shares
    सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलायो

    काठमाडाैं । सरकारले ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ । राजनीतिक कोटाबाट नियुक्ति पाएका भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतहरुलाई फिर्ता बोलाइएको हो ।

    केपी शर्मा ओली नेतृत्वको सरकारले ३४ वटा मिसनहरुमध्ये १७ वटामा राजनीतिक कोटाबाट नियुक्त गरेको थियो । सुशील कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतहरुलाई फिर्ता बोलाए पनि ६ देशका राजदूतहरु फिर्ता बोलाइएका थिएनन् ।

    अस्ति आइतबार बसेको मन्त्रिपरिषद बैठकले शंकरप्रसाद शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया), पुर्णबहादुर नेपाली (श्रीलंका), शिवमाया तुम्बाहाम्फे(दक्षिण कोरिया), सुम्निमा तुलाधार (डेनमार्क) र कपिल श्रेष्ठ (दक्षिण अफ्रिका)लाई फिर्ता बोलाउने निर्णय गरेको हो । उनीहरुलाई एक महिनाभित्र फर्किन परराष्ट्र मन्त्रालयले हिजो पत्राचार गरेको छ ।

     



    फास्ट न्युज    
  • २०८२ चैत्र २४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट