logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

    898Shares
    आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

     काठमाडौं । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् ।सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने जनाएको हो ।

    मध्यपूर्वमा भएको युद्धका कारण इन्धन संकट बढ्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले  सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

    सरकारले पेट्रोलियम पदार्थ आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको हो । ‘पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने’, मन्त्रिपरिषद्‌को निर्णयमा भनिएको छ । त्यस्तै, सरकारले गरेको हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय पनि आजदेखि नै लागू भएको छ । हरेक शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्था बन्द रहनेछन् ।

    यसैबीच, काठमाडौं महानगरपालिकाले सरकारको सो निर्णय कार्यान्वयन गर्ने सबैलाई निर्देशन दिएको छ ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट