logo

२०८३ कार्तिक २२ शनिबार

logo
  • २०८३ कार्तिक २२ शनिबार
  • प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्दै, के के छन् एजेण्डा ?

    1.1KShares
    प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्दै, के के छन् एजेण्डा ?

    काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद सचिवालयमा बस्ने बताइएको छ ।

    बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने कर्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । सर्वदलीय बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन गर्ने विषयमा पनि छलफल हुने सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

    प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

     



    फास्ट न्युज    
  • २०८२ चैत्र २३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट