काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयदेखि रोकिएको प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने प्रक्रिया पुनः सुरु गर्ने तयारी गरेको छ । तत्कालीन संघीय संसद्को लेखा र अर्थ समितिको फरक निर्णयका कारण रोकिएको प्रिमियममा सेयर निष्कासन प्रक्रिया महान्यायाधिवक्ताको सुझाका आधारमा अघि बढ्ने भएको हो ।
संघीय संसद्को लेखा समितिले प्रिमियममा सेयर जारी गर्ने प्रक्रिया रोक्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो । तर अर्थ समितिले फेरि आफ्नो क्षेत्राधिकारभित्रको विषयमा लेखाले निर्णय गर्न नमिल्ने भन्दै प्रिमियममा निष्कासन सुरु गर्न निर्देशन दिएको थियो ।
संसदीय समितिहरूले एउटै विषयमा फरक–फरक निर्देशन दिएपछि धितोपत्र बोर्ड अन्योलमा पर्यो, अहिलेसम्म प्रिमियममा आईपीओ निष्कासन अनुमति रोकिएको छ । साथै लेखाकै निर्देशनअनुसार प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ भन्दा कम रहेका कम्पनीलाई अंकित मूल्यमै पनि निष्कासन अनुमति दिएको छैन ।
लेखाको एउटा निर्देशन र त्यसको विपरित हुनेगरी अर्थ समितिको अर्को निर्देशन आएपछि बोर्डले कुनै पनि निर्णय नगरेको अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बताए । लेखाको एउटा निर्देशन र त्यसको विपरित हुनेगरी अर्थ समितिको अर्को निर्देशन आएपछि बोर्डले कुनै पनि निर्णय नगरेको अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बताए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया